मनकामना कलेजमा नेवि संघ पुनःगठन 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २२ 20:29:37

33460-20180405202937.jpg

बिर्तामोड । मनकामना कलेज बिर्तामोडमा नेपाल विद्यार्थी संघ पुनःगठन भएको छ ।

पुनःगठनबाट संघको सभापतिमा गोकुल पौडेल चयन भएका छन् । संघको उपसभापतिमा संजय शाह र प्रियंका गुरुङ, सचिवमा रोशन भट्टराई, सहसचिवमा राधिका आचार्य र लुना प्रधान, कोषाध्यक्षमा पवन खनाल निर्वाचित भएका छन् ।

नयाँ कमिटीले समय समयमा अतिरिक्त क्रियाकलाप गर्ने नेवि संघको भावी योजना रहेको सभापति गोकुल पौडेलले प्रतिवद्धता जनाए ।

नवनिर्वाचित उपसभापति संजय शाहले स्वागत गरेको कार्यक्रम नवनिर्वाचित सचिव रोशन भट्टराईले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस