बुद्धशान्ति च्यालेन्ज कपको उपाधि भिडन्तमा आयोजक र सैनिक युथ क्लब


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २२ 20:04:27

बुद्धशान्ति । प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक होक्से क्लब र सैनिक युथ क्लब बिर्तामोड भिड्ने भएका छन् ।

आज भएको दोस्रो सेमीफाइनलमा आयोजक होक्सेले सूर्योदय ११ फिक्कल इलामलाई ३–० ले पराजित गर्दै उपाधिको लागि सैनिक युथ क्लबसँग भिड्ने पक्का गरेको हो ।

आयोजकका जर्सी नम्बर ५ का बबिन बोहोराले खेलका ५ र १६औं मिनेटमा लगातार दुई गोल गरेका थिए । जर्सी नम्बर १७ का बिक्रम राईले दोस्रो हाफको २३औं मिनेटमा गोल गर्दै ३–० को फराकिलो जीत दर्ता गराएका हुन् ।

प्रतियोगितामा उपाधि भिडन्त चैत्र २४ गते बुद्धशान्ति १ होक्सेस्थित त्रिभुवन माविको खेलमैदानमा दिउसो ३ बजेबाट हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र उपविजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउने छन् । 
 

प्रतिकृया दिनुहोस