सम्पादक काफ्लेसहित दर्जनौं सम्मानित


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २१ 19:56:14

33437-20180404195614.jpg

सुरुङ्गा । सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं स्थापना दिवस आज विशेष समारोहको आयोजना गरी सम्पन्न गरेको छ । 

संस्थाका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षता तथा कनकाई नगरपालिकाका उपप्रमुख मन्जु प्रसाईको प्रमुख आतिथ्यमा आयोजित स्थापना दिवस समारोहमा स्वास्थ्य परीक्षण शिविर, रक्तदान तथा सम्मानसहितका कार्यक्रम सम्पन्न भएको हो । 
 
कार्यक्रममा निर्माणलहर साप्ताहिकका सम्पादक रोहित काफ्लेलाई नगद १५ हजार रुपैयाँसहित यो वर्षको उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै संस्थाका ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट बचतकर्ताहरु, उत्कृष्ट ऋणी, उत्कृष्ट उद्यमी सदस्य, शेयर सदस्यभित्रका असल छोरीबुहारी, परिवार राहतजस्ता विभिन्न क्षेत्रमा दर्जनौंलाई नगदसहित सम्मान गरिएको छ । 

त्यस्तै संस्थाले सहकारीहरुको प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न ८ वटा सहकारीहरुलाई नगद ५० हजार रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको छ ।

सुरुङ्गा सेवा केन्द्रका संयोजक खड्गप्रसाद प्रसाईँको स्वागत, संचालक समिति सदस्य भिमबहादुर गिरीको सञ्चालन तथा कार्यक्रम संयोजक पवित्रा सुव्बाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रदेशसभा सदस्य हिरा थापालगायतले मन्तव्य राखेका थिए ।   

दिवसको अवसरमा आज बिहान कनकाई नगरपालिका ४ माइधामस्थित श्रीकृष्ण प्रणामी मन्दिर र आसपास आश्रय लिएर बसेका ५५ जना बृद्धबृद्धाहरुलाई फलफूल तथा खाद्य सामग्री प्रदान गरिएको संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक पवित्रा सुब्बाले बताइन् । 

प्रतिकृया दिनुहोस