सहाराले गर्यो स्वास्थ्य शिविर


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २१ 10:02:24

33428-20180404100224.jpg

दमक । सहारा नेपाल साकोस दमक सेवाकेन्द्रद्वारा मंगलबार निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

दमकस्थित कृष्ण आधारभूत विद्यालयमा भएको शिविरमा मेची आँखा अस्पतालको प्रविधिक सहयोग रहेको थियो । 

फेमिली हेल्थ नेपालकोसमेत प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा मधुमेहको परीक्षणसमेत गरिएको थियो । 

सहारा नेपाल साकोस दमक सेवा केन्द्रका प्रमुख मेनुका सिवाकोटीका अनुसार शिविरमा ३५० जनाले आँखा परीक्षण गराएका थिए । 

तीमध्ये ४० जनाको आँखामा समस्या देखिएकाले उपचारका लागि मेची आँखा अस्पताल बिर्तामोड जान सल्लाह दिइएको छ । 

त्यसैगरी रगततर्फ ५० जनाको परीक्षण गर्दा २० जनामा मधुमेहको लक्षण दखिएको फेमिली हेल्थ नेपालका स्वास्थ्य प्रविधिक सूर्य श्रेष्ठले बताए ।
 

प्रतिकृया दिनुहोस