महिला सदस्यलाई गुडिया बनाउने तालिम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , २१ 09:50:02

33427-20180404095152.jpg

केरखा । यहाँस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरेको गुडिया बनाउने एक हप्ते तालिम मंगलबार सम्पन्न गरिएको छ ।

संस्थामा आवद्ध महिला सदस्यलाई व्यवसायिक बनाउँदै उनीहरुको जीवनस्तरमा परिवर्तन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उपाध्यक्ष शरणकुमार पराजुलीले बताए । 

तालिम समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पराजुलीले एक हप्तासम्म सञ्चालित तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न सकियो भने सहभागीहरुले आर्थिक उपार्जन गर्न सहज हुने सुझाव दिए ।

तालिममा २५ जना महिला सदस्य सहभागी थिए ।

प्रतिकृया दिनुहोस