कश्मिरमा सुरक्षाकर्मी र लडाकु समूहबीच संघर्ष, २० जनाको मृत्यु


एजेन्सी, प्रकाशित मिति : २०७४ ,चैत्र , १९ 17:45:59

33384-20180402174559.jpg

कश्मिर । भारत प्रशासित जम्मु कश्मिरको दक्षिणी शोपिया जिल्लामा भएको संघर्षमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

द्रागडा गाउँमा सुरक्षाकर्मी र लडाकु समूहबीचको संघर्षमा मारिनेमा तीन जना भारतीय सैनिक र १३ जना लडाकु रहेको बताइएको छ ।

कम्तिमा ७० जना घाईते भएका छन् ।

सुरक्षाकर्मीले गरेको कारवाहीका समयमा स्थानीयले प्रदर्शनसमेत गरेका थिए ।

प्रदर्शनका क्रममा हिंसा भड्किंदा प्रहरीले चलाएको गोली लागेर तीन जना सर्वसाधारण मारिएका छन् । एकजना लडाकुले आत्मसमर्पण गरेको अधिकारीहरुले जनाएका छन् ।

संघर्षका कारण करिब ३ हजार जनसंख्या रहेको गाउँमा स्थानीय फसिरहेका छन् ।

कश्मिरको दक्षिणी क्षेत्रमा लामो समयदेखि सुरक्षाकर्मी र लडाकुबीच संघर्ष चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस