चिनियाँ अन्तरिक्ष यानकाे अवशेष प्रशान्त महासागरमा खस्यो, वायुमण्डल मै नष्ट


एजेन्सी, प्रकाशित मिति : २०७४ ,चैत्र , १९ 10:44:05

33379-20180402104405.jpg

शन पुरा गरी सम्पर्क बिच्छेद भएको चिनियाँ अन्तरिक्ष यानकाे अवशेष प्रशान्त महासागरमा खसेको छ। ‘दि तियांगोङ्ग–१’ नामक सो अन्तरिक्ष यान ग्रीनविच समयअनुसार सोमबार बिहान १२ बजेर १५ मिनेटमा वायुमण्डलमा प्रवेश गरेको थियो।

वायुमण्डलमा प्रवेश गर्नासाथ सो अन्तरिक्ष स्टेशनको अधिकांश भाग जलेर नष्ट भएको बीबीसीले जनाएको छ। त्यसको केही टुक्रा भने प्रशान्त महासागरमा खसेको अधिकारीहरुले जनाएका छन्। यो अन्तरिक्ष स्टेशनको अवशेष कहाँ खस्ने हो र त्यसले कस्तो क्षति निम्त्याउने हो भन्नेबारे केही दिनदेखि विश्वका वैज्ञानिकहरु चिन्तित थिए।

तर चीनले दाबी गर्दै आएझैं वायुमण्डलमा प्रवेश गर्नासाथ यसका अधिकांश हिस्सा जलेर नष्ट भएको तथा केही टुक्रा समुद्री क्षेत्रमा खसेको बताइएको छ।
 

प्रतिकृया दिनुहोस