हङकङमा झापाको शिवसताक्षी एकीकृत


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १८ 20:58:15

33367-20180401205815.jpg

हङकङ । झापाको शिवसताक्षी नगरपालिका क्षेत्रबाट हङकङ आएर रोजगार, व्यापार, व्यवसाय र बसोबास गर्नेहरुको संस्था शिवसताक्षी समाज हङकङ (झापा) को प्रथम अधिवेशन आज सम्पन्न भएको छ ।

सम्पन्न प्रथम अधिवेशनले समाजको २१ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

जसको अध्यक्षमा जे बी याक्थुङ्वा, उपाध्यक्षमा  टेकबहादुर राई र नन्द चुङ्सु, सचिवमा नविन सुहाङ र कोषाध्यक्षमा आइत फेम्भु निर्वाचित भएका छन् । कार्यसमितिमा १६ जना सदस्य रहेका छन् । 

शिवसताक्षी समाज हङकङ (झापा)को सल्लाहकार सदस्यमा तुलसी उप्रेतीलाई चयन गरिएको छ ।

हङकङ नेपाली महासंघका अध्यक्ष रिता गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न प्रथम अधिवेशनमा हङकङमा क्रियाशील नेपाली सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली समाज हङकङका अध्यक्ष टीका गुरुङ र नेपाली महासंघ हङकङका अध्यक्ष रिता गुरुङलाई समाजका अध्यक्ष जे बी याक्थुङ्बाले विशेष सम्मान प्रदान गरे । 

झापा हङकङ मञ्चका अध्यक्ष छत्र सुब्बाले झापा भित्रको एउटा नयाँ समाजको हङकङमा संगठन बनेकाले अब यसको सफलताको लागि सबैले उत्तिकै क्रियाशील भएर लाग्नुपर्ने सुझाव दिए ।

समाजका सचिव नविन सुहाङले सञ्चालन गरेको अधिवेशन अन्तरगत बन्धसत्रमा उनले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए भने टेकबहादुर राइले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

प्रतिकृया दिनुहोस