मिस एसईई झापा अब प्रदेश नं. १ स्तरीय बनाइँदै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १८ 17:08:17

33360-20180401170817.jpg

बिर्तामोड । मिस एसईई प्रोविन्स वान झापामा गरिने भएको छ । यसअघि मिस एसईई झापाको नामबाट दुईवटा संस्करण सम्पन्न गरेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले यो वर्षदेखि प्रतियोगितालाई प्रदेश स्तरीय बनाउने भएको हो । 

कक्षा १० अथवा एसईई परीक्षा दिएर बसेका किशोरीहरुको क्षमता अभिबृद्धि गर्न प्रतियोगिता सञ्चालन गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिएका छन् । यस वर्षदेखि प्रदेश नम्बर १ अन्तर्गतका १४ वटै जिल्लाबाट किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउने उनले बताए । 

प्रतियोगितामा सहभागी छनौटका लागि झापाको बिर्तामोड र दमक, इलाम, सुनसरीको धरान र मोरङको बिराटनगरमा अडिसन गरिने पनि प्रबन्ध निर्देशक पुडासैनीले जानकारी दिए ।

छनौटमा परेका किशोरीहरुलाई डेढ महिना बन्दसत्रमा राखेर प्रशिक्षण दिइने तयारी गरिएको छ । 
प्रतियोगिताको अफिसियल कोरियोग्राफरको रुपमा नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपाल २०१८ मा सहभागि एलिसा अधिकारी रहने छन् । 

प्रतिकृया दिनुहोस