‘राजवंशी संस्कार’ प्रकाशनमा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १७ 18:13:03

बिर्तामोड । आफ्ना मौलिक संस्कार र संस्कृतिहरुलाई लोप हुन नदिन राजवंशी धर्म संस्कार समितिले ‘राजवंशी संस्कार’ नामक पुस्तक प्रकाशन गरेको छ ।

आज बिर्तामोड ३ सैनिकमोडमा आयोजित विशेष कार्यक्रममा राजवंशी समाज विकास समितिका कन्द्रीय अध्यक्ष भीमराज राजवंशीले सो कृतिको विमोचन गरेका हुन् । 

‘राजवंशी संस्कार’ कृतिमा राजवंशी समुदायको जन्मदेखि मृत्युसम्मका संस्कारहरु समेटिएका छन् । 

राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राजवंशी समाज विकास समितिका संस्थापक अध्यक्ष फूलसिंह राजवंशी, जिल्ला अध्यक्ष पुकार राजवंशी, बिर्तामोड नगरपालिका वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौलाले बोलेका थिए । 

कार्यक्रममा नगरपालिकाका कार्यकारिणी सदस्य सुरेन राजवंशी, कोचिला राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हंशलाल राजवंशी, प्राज्ञ पवन राजवंशी, आदिवासी जनजाति महासंघ बिर्तामोडका अध्यक्ष गोपाल राई, थारु कल्याणकारिणी सभाका अध्यक्ष पुष्पलाल चौधरी लगायतले मन्तब्य राखेका थिए ।

प्रतिकृया दिनुहोस