पाठेघर र स्तनको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविरमा ३१० ले सेवा लिए


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १७ 18:00:29

भद्रपुर ।     महिलामा हुने पाठेघर तथा स्तन क्यान्सर पहिचान गरी समयमै उपचार गर्न सचेतना प्रदान गर्ने उद्देश्यले भद्रपुरमा आज निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिविरमा क्यान्सरको जोखिम मानिएको महिलाको पाठेघरको मुखको परीक्षण तथा स्तन परीक्षण गरिएको हो ।

रोटरी क्लब अफ भद्रपुर, रोटरी क्लब अफ यल पाटन, अपाङ्ग संघ झापा र मारवाडी मञ्च भद्रपुरको संयुक्त आयोजना तथा नेशनल क्यान्सर अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ३१० जना महिलाले सेवा लिएका छन् ।

नेशनल क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ जितेन्द्र परियारको नेतृत्वमा आएको विशेषज्ञ टोलीले स्वाथ्य परीक्षण गरेको हो । स्वास्थ्य परीक्षणमा आएका महिलाहरुको प्रारम्भिक रिपोर्ट अनुसार रोगको शंकामा परेकाहरुलाई उपचारका लागि अस्पताल जान विशेषज्ञ टोलीले सुझावसमेत दिएको छ । 

परीक्षणको अन्तिम रिपोर्ट ल्याव परीक्षणमा जानुपर्ने अवस्था भएका केही महिलालाई उपचारमा जान सिफारिस गरिएको छ । शिविरमा महिलाको पाठेघरको मुखको परीक्षण तथा स्तन परीक्षण गरिएको थियो ।

रोटरी क्लब अफ यल पाटनका पूर्व डिष्ट्रिक गर्भनर दिलेन्द्र श्रेष्ठ, रोटरी भद्रपुरका अध्यक्ष सुरेशकुमार मित्तल, मारवाडी मञ्च भद्रपुरका अध्यक्ष अर्चना मित्तलको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिकृया दिनुहोस