भद्रपुरमा आजदेखि ‘सिभान्स’


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १६ 20:28:56

33314-20180330202856.jpg

भद्रपुर । झापाको भद्रपुरमा निजी लगानीमा बहुसेवा प्रदायक अत्याधुनिक होटल सञ्चालनमा ल्याइएको छ ।

युवा व्यवसायी मनोज न्यौपानेलगायत पारिवारिक सदस्यको ६ करोड लगानीमा भद्रपुर १० चन्द्रगढी केन्द्रमोडमा अत्याधुनिक होटल सिभान्स सञ्चालनमा ल्याइएको हो । 

जिल्ला सदरमुकामसमेत रहेको भद्रपुर नगरमा पार्टी प्यालेस सेवा, सुविधा सम्पन्न पाहुना कोठा, रेष्टुरेन्ट, सेमीनार हलको अभाव अन्त्य गरेर आधुनिक शहरको फड्कोमा भद्रपुरलाई लैजान सक्ने होटल बनाएको प्रबन्ध निर्देशक मनोज न्यौपानेले जानकारी दिए ।
 
सञ्चालक न्यौपानेले देश कै पुरानो नगरको अस्तित्व बनाएको भद्रपुरमा आइपुग्ने पर्यटकले रात बिताउन अर्कै शहर धाउनुपर्ने बाध्यता सधैंका लागि अन्त्य भएको दाबीसमेत गरेका छन् ।

होटलका प्रबन्ध  निर्देशक मनोज न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको होटलमा सन्ध्याकालिन सांगीतिक कार्यक्रमसमेत सम्पन्न गरिएको छ । 

प्रतिकृया दिनुहोस