भद्रपुरमा कर तालिम सम्पन्न 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १६ 20:23:13

33313-20180330202313.jpg

बिर्तामोड । झापाका ठूलाखाले उद्योगी र उद्योगमा कार्यरत लेखा फाँटका कर्मचारीका लागि सञ्चालित करसम्बन्धी तालिम सकिएको छ ।

जीआईजेड र जर्मन सहयोगमा आन्तरिक राजश्व विभाग, नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र झापा उद्योग संघको संयोजनमा भद्रपुरस्थित उद्योग संघको सभाहलमा सञ्चालित तालिम भएको शुक्रबार सकिएको हो । 

उद्योगीहरुलाई करको प्रकृति, प्रकार र प्रणाली बारे पूर्ण जानकार बनाउने उद्देश्यले तीनदिने सो तालिम आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघका विष्णु अधिकारीले बताए । तालिम समापनका अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

समापन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै करसम्बन्धी प्राप्त ज्ञानलाई व्यवहारमा पनि उपयोग गर्न आग्रह गरे ।

झापा उद्योग संघका प्रेस सल्लाहकार गोपाल गिरीले सञ्चालन गरेको समापन कार्यक्रमको अध्यक्षता संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर श्रेष्ठले गरेका थिए । 

प्रतिकृया दिनुहोस