बिहीबारदेखि बी एण्ड सीमा निःशुल्क स्वास्थ्य शिविर


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १४ 18:20:57

33254-20180328182057.jpg

बिर्तामोड । पूर्वकै सुविधा सम्पन्न बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोडमा नयाँवर्ष २०७५ को अवसरमा १५ दिने निशुल्क स्वास्थ्य शिविर गरिने भएको छ । 

अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरी यही चैत १५ गते बिहीबारदेखि ३० गते शुक्रबारसम्म अस्पताल परिसरमा शिविर सञ्चालन गरिने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. रोहितकुमार यादवले स्वास्थ्य शिविरमा अस्पतालले प्रदान गर्ने सबै प्रकारका उपचार सेवामा चिकित्सकीय चेकजाँच निशुल्क हुने जानकारी गराए । 

उनका अनुसार शिविर अवधिभर जुनसुकै प्रकृतिको शल्यक्रियामा २५ प्रतिशत छुट दिइनेछ भने रेडियोलोजी र ल्यावमा १५ प्रतिशत छुट प्रदान गरिनेछ । 

२०७१ सालबाट सञ्चालनमा ल्याइएको अस्पतालमा क्यान्सर, न्यूरो सर्जरी, न्यूरो फिजिसियन, हाडजोर्नी तथा नशा रोग, जेनेरल सर्जरी, ओरल एण्ड म्याक्सिलोफेसियल सेवा उपलब्ध छन् । 

यस्तै बालरोग, मानसिक रोग, नाक कान घाँटी, जेनेरल फिजिसियन, छालारोग, मुटुरोग, दन्तरोग, आँखारोग, युरोलोजी, स्त्रीरोग, ग्यास्ट्रोलोजीजस्ता सेवाहरु गुणस्तरीय पद्धतिबाट उपचार गरिँदै आएको मेडिकल डाइरेक्टर डा. यादवले बताए ।

प्रतिकृया दिनुहोस