सुन्दर युवतीको कल्पनामा सञ्जिबले गाए गीत 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १२ 10:01:10

(हेर्नुहोस् म्यूजिक भिडियो)

 

रोजगारीको सिलसिलामा विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतप्रति मोह राख्ने धेरै छन् । 

तिनैमध्ये दुबईमा पाँच वर्षदेखि रहँदै आएका डब्लु.डी.एन.वाई सन्जिबले पहिलो भिडियो लिएर दर्शक स्रोतामाझ आएका छन् ।

‘देखेर तिमिलाई’ बोलको गीतमा सन्जिब कै स्वर तथा शब्द र कमल थापाको संगीत सुन्न सकिन्छ । सुदर युवतीलाई देखेपछि कल्पना गरेका पलहरुलाई गीतमा उतारिएको छ । 

फोटोग्राफर कमल श्रेष्ठले छायाङ्कन, सम्पादन तथा निर्देशन गरेको भिडियोमा दुबईको मारिना बीच, मरुभूमि र क्लबहरुको दृश्य देख्न सकिन्छ । 

हिप हप र्याप शैलीको भिडियोमा गायकसँगै मोडल रेबिका थापा मगरलाई फिचर गरिएको छ । रेबिका पनि केही वर्षदेखि युएईमा रहँदै आएकी छन् ।

प्रतिकृया दिनुहोस