जननाट्य मञ्च झापाको गठन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , ११ 05:16:26

33164-20180325051626.jpg

बिर्तामोड । नेकपा एमालेको  जनवर्गीय संगठन जनसांस्कृतिक महासंघ मातहतको जननाट्य मञ्च झापामा गठन भएको छ।

बिर्तामोडमा शनिबार आयोजित भेलाले नाट्यकर्मी कृष्ण अनमोलको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । 

नवगठित समितिको उपाध्यक्षमा माया सिटौला, सचिवमा बिमला चिमरिया चुनिएका छन् । 

जननाट्य मञ्च झापाको सदस्यहरुमा लवकुश गौतम, सरोज पौडेल, माधव सिटौला, रुकु मिश्र, मधु खनाल, गजेन्द्र पृथक, पृया दास लगायत रहेका छन् ।

नेपाल जनसाँस्कृतिक महासंघ झापाका अध्यक्ष मोहन बिकको प्रमुख आतिथ्यमा सम्पन्न  कार्यक्रममा देशभरका रङ्गकर्मीहरुको कला र क्षमतालाई प्रस्फुटित गरी समाजमा विद्यमान बिकृती बिसङ्गतीलाई हटाउन नाट्य  कला महत्वपूर्ण हुने बताइयो । 

समाजमा सकारात्मक सन्देश  दिन नाट्य विधा र नाट्यकर्मीको कला महत्वपूर्ण हुने भएकाले नाटक खेल्नेहरुलाई संगठित गरिएको नवगठित मञ्चका सदस्य लवकुश गौतमले बताए ।

माया सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बिमला चिमरियाले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस