भद्रपुर १० अब खुला दिसामुक्त क्षेत्र


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , १० 09:41:46

भद्रपुर ।     भद्रपुर नगरपालिकाको १० नम्बर वडालाई तामझामका साथ पहिलो खुला दिसामुक्त वडा घोषणा गरिएको छ ।

नगर मातहतमा रहेको खानेपानी सरसफाई तथा स्वच्छता समितिको आयोजनामा १ हजार ९०९ घरधुरी रहेको १० नं. वडालाई शुक्रबारबाट पूर्ण रुपमा खुला दिसामुक्त वडा घोषणा गरिएको हो ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले वडा नं. १० लाई आफ्नो नगरको पहिलो खुला दिसामुक्त वडा घोषणा गरेका हुन् ।
वडालाई खुला दिसामुक्त घोषणा कार्यक्रममा वडालाई खुला दिसामुक्त बनाउन सहयोगी भूमिका खेलेका टोल विकास संस्था र अन्य सामाजिक संघ–संस्थासहित कर्मचारीलाई नगदसहित सम्मान समेत गरिएको थियो ।

साविकको चन्द्रगढी गाविस वडा नं. १, २, ६ र ७ नम्बर वडा मिलाएर बनाइएको १० नम्वर वडामा ७ हजार ६०१ जनसंख्या रहेको छ । जसमध्ये गत आर्थिक वर्षसम्ममा १४४ घरधुरी शौचालयविहिन रहेकोमा यसवर्ष सबैले शौचालय बनाएपछि खुला दिसामुक्त घोषणा गरिएको नगर प्रशासनले जनाएको छ । 

५२ घरधुरीका अति विपन्न परिवारलाई नगरपालिकाले शौचालय बनाइदिए पछि सफा वडाका रुपमा घोषित बनेको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस