यू–ट्यूवमा रमिको ‘किन हुन्छ’


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , ८ 14:12:14

33096-20180322141214.jpg

काठमाडौं । गीतकार रमि श्रेष्ठको शब्द रचना रहेको ‘किन हुन्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गीतकार श्रेष्ठ गीत लेखनको साथमा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएकी छिन् । र्यामजोन इन्टरटेनमेन्ट प्रालिका सिइओ रहेकी श्रेष्ठको यसअघि पनि धेरै गीतहरु सार्वजनिक भइसकेका छन् ।
 
सलिना प्रधानको स्वर रहेको यस गीतमा अनिल शाहीको संगीत रहेको छ । सार्वजनिक भएको म्यूजिक भिडियोमा संगीतकारसमेत रहेका अनिल शाहीको साथमा सिम्रन पन्तको अभिनय रहेको छ ।

पन्त मिस टिन नेशनलको विजेता हुन । शाही कै निर्देशनमा तयार भएको भिडियोमा रशिला श्रेष्ठको छायांकन रहेको छ । 

हेर्नुहोस् म्यूजिक भिडियोः 

 

प्रतिकृया दिनुहोस