केरखाका युवाको मलेशियामा मृत्यु 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,चैत्र , ७ 21:04:16

केरखा । वैदेशिक रोजगारीका लागि मलेशिया गएका यहाँको बोहोराटोलका ३८ वर्षीय गंगा बोहोराको सोही देशमा हालै मृत्यु भएको छ ।

कमल गाउँपालिका ३ बोहोराटोल स्थायी घर भएका बोहोराको मलेशियामा सुतेकै ठाउँमा मृत्यु भएको मृतकका आफन्त ज्ञानु थापाले जानकारी दिए । 

चैत ३ गते मलेशियामा मृत्यु भएको बोहोराको शव बिहीबार (आज) काठमाडौ ल्याइएको छ ।

परिवारिक आर्थिक अवस्था अन्यन्त कमजोर भएका बोहोरा तीन वर्ष अगाडि मलेशिया गएका परिवारले जानकारी दिएको छ । उनका श्रीमती,  दुई छोरी र एक छोरा रहेका छन् ।

प्रतिकृया दिनुहोस