चिया बोटमा साइँली दिदीहरु


अमित संग्रौला , प्रकाशित मिति : २०७४ ,चैत्र , ५ 11:20:44

33026-20180319112044.jpg

तिमीले चियाको बोट देख्यौ
त्यसको वरिपरि वातावरण देखेर रमायौ 
त्यहाँनेर फोटो खिच्यौ 
आनन्दित भयौ
त्यो अनुपम दृश्यहरु देखेर ।

तर, 
साइँली दिदीका गुनासा पीडाहरु 
कसैले देखेनन् 
कसैले सुनेनन् ।

कति मन दुखाएर चिया 
टिप्दी हुन्, कति रुँदी हुन्, 
चियाका बोटहरुमा साइँली दिदीहरु !

तिमी त केवल खुसी भयौ 
आफ्ना पीडाहरु भुल्यौ 
चियाका बोटहरुमा जोवन साट्यौ 
माया लगायौ ।

तर,
 
साइँली दिदीको 
आँखामा आँसु कसैले देखेनन्, पुछेनन् 
त्यो झुत्रो त मैलो लुगा लगाएर 
पाखा पखेरामा बसेर आफ्ना 
प्रेमीको याद गर्दी हुन..! 

आज म सम्झना गरिरहेको छु 
चियाबारीमा बसेर 
दुख भुलेर 
हाँसिरहेका छन् 
लै बरि लैको भाकामा भुल्दै 
डोको नाम्लो बोकेर 
दिनहरु काटिरहेका छन् 

म हेर्दैछु उनीहरुलाई 
मनमा दुख भए पनि 
खुसी बाँड्छनन् उनीहरु 
मुटु काम्ने जाडोहरुमा 
बाँचिरहेका छन् साँइली दिदीहरु ।

बिर्तामोड, झापा 
 

प्रतिकृया दिनुहोस