‘नेपालीहरुको लिभिङ स्टाण्डर्ड बढेकाले नै कार बिक्री बढिरहेको हो’


रोशन कपुरी, प्रबन्ध निर्देशक, कपुरी ब्रदर्श बिर्तामोड, प्रकाशित मिति : २०७४ ,चैत्र , १ 10:55:25

(अडियो कुराकानीसहित)

32942-20180315105525.jpg

पछिल्लो समय मानिसहरु चार पाङ्ग्रे सवारी साधनतर्फ आकर्षित हुँदैछन् नि किन ?

अब चार पाङ्ग्रे गाडीतर्फ धेरै मानिसको आकर्षण हुने नै भयो । सुविधाका लागि अनि मानिसको लिभिङ स्टाण्डर्ड बढेकाले पनि यस्तो भएको हो । सबै चारपाङ्ग्रे मै गए भन्न चाहिँ मिल्दैन, किनकि हामीले दुई चक्के पनि बेचिरहेका छौं । यसमा हामी नेपालीहरुको क्रय क्षमता नै बढेको हो अरु देशहरुको तुलनामा यहाँको स्टेन्डर हाई नै छ । यसले गर्दा पनि चार पाङ्गे्रतर्फ मासिहरु आकर्षित हुँदै गएको पाइन्छ ।

तपाईले कार शोरुम सुरु गरेको अवधिबाट सुजुकी ब्रान्डका कारहरु कति बिक्री गर्नुभयो ? अनि सुजुकीका कतिवटा ब्राण्ड यहाँबाट बिक्री गर्नुहुन्छ ? 

शोरुम सञ्चालन गरेको लगभग १२ वर्ष जति भयो । यस अवधिमा एकहजार जति गडी बेचिसकेका छौं । अहिले ९–१० वटा मोडल छन् मारुती सुजुकीका । कमर्सियल मोडमा कार, भेन, इकोभेन, प्यासेञ्जर सेग्मेन्टमा वेइगन आर, डिजायर, स्वीफ्ट आदि मोडेलका गाडीहरु अहिले लोकप्रिय छन् । पछिल्लो पटक उत्पादन गरिएको सेलेरियो ब्राण्ड पनि राम्रो बजार पाएको छ । यसैको नयाँ भर्सन भर्खरै बजारमा पनि ल्याइएको छ । यो पनि लोकप्रिय हुनेछ भन्ने मेरो विश्वास छ ।

सुजुकी ब्रान्डका कारमध्ये यहाँका उपभोक्ताको आकर्षण सबैभन्दा बढी कुन कारमा देखिन्छ ? त्यसको मूल्य कति छ ?

यहाँ सबैभन्दा बढी चल्ने भनेको मारुतीको वेइगन आर नै हो । यसको मूल्य २२ लाख ७० हजार रहेको छ यसमा । सो गाडीमा एसीसमेत जडान भएकाले यसको माग बढेको हो । कम्पनीले दिनसक्ने सबै सुविधाहरु सो गाडीमा उपलब्ध छ । मूल्यका आधारमा हेर्दा अरु कुनै गाडीमा सो सुविधा उपलब्ध छैनन् ।

स्पेयर पार्टस् सस्तो, मर्मतका लागि सस्तो मात्र होइन, रिसेल भ्यालु पनि राम्रो पाइन्छ । यही कारणले अहिलेको सबैभन्दा चल्तीको गाडी वेइगनआर नै हो ।

पूर्वका बासिन्दाको क्रय शक्ति बढ्यो भन्ने तपाईंको तर्कलाई आफैंले बिक्री गरेका कारको मूल्य तिर्न नसकेर असजिलो महसुस गरिरहेका उपभोक्तातिर पनि फर्कने हो कि ? उपभोक्ताको रवाफमात्र बढेको हो कि वास्तविक नै हो ?

फाइनान्सबाट गाडी बुक गरेर पछि चुक्ता नगर्ने ग्राहकहरु हाम्रोमा शून्य नै छन् । किनकी हामी बिना बैँक ग्यारेन्टी त्यस्ता ग्राहकलाई गाडी दिदैनौं । १०० प्रतिशत डाउन पेमेन्ट र बैंक डिओ १०० प्रतिशत नभएमा हामी गाडी लैजान दिन्नौं ।  त्यसकारण यस्ता ग्राहक हाम्रोमा आउँदैनन् र कारोबार पनि छैन । यो केशमा हामी सेफ छौं ।

तर नयाँ नयाँ ब्राण्डका गाडी भित्राउनेहरुले २–४ लाख रुपैयाँ लिएर गाडी ग्राहकलाई दिने अनि पछि पछुताउनु परेको पनि हामीले देखेका छौं । फाइनान्स नमिलाउने, गाडी फिर्ता लिनुपर्नेसम्मका झण्झट व्यहोर्नु परिरहेको देखिन्छ ।

अहिले देशभर लञ्चिङ भइरहेको सेलोरियो एक्स ब्राण्डको गाडीको विशेषता के छन् ?

अहिले देशभर सेलोरियो एक्स ब्राण्डको गाडीको लञ्चिङ भइरहेको छ । लञ्चिङ पोग्राम नगरी हामीले बिक्री गर्न मिल्दैन । यसकारण आफ्नो अनुकूलता अनुसार डिलरले लञ्चिङ गरेका हौं । यो गाडी विगतबाट नै बिक्री हुँदै आएको ब्राण्ड हो तर यसमा केही विशेषताहरु थपेर अपग्रेडेड बनाइएकोले पुनः लञ्चिङ गरिएको हो ।

यो पहिलेभन्दा धेरै फरक छ । यसमा बम्पर, लुक्स आदि भएकाले बम्परको हिसाबले माईलेजको हिसाब, पावरको हिसाबले अरुभन्दा क्षमतावान छ ।

अन्त्यमा, आफ्ना ग्राहकलाई सेलेरियो एक्स र वेइगन आर बीचको फरक सुनाइ दिनुहोस् न । 

वेइगन आर सुजुकी ब्राण्डको अलिकति सस्तो र बढी बिक्ने गाडी हो । यसमा फुल अप्सनको २२ लाख ७० हजार पर्न आउँछ । सेफ्टी राम्रो छ । नयाँ लञ्चिङ भएको सेलोरियो एक्सको २७ लाख पर्न जान्छ । तर यी दुवै गाडीहरु बिर्र्र्तामोडका उत्तिकै महत्वपूर्ण हुनेछन्  र बिक्रीका हिसाबले दुईवटै उत्कृष्ट बन्ने अपेक्षा छ ।

प्रतिकृया दिनुहोस