बिर्तामोडका २५ जना महिलालाई सिलाई कटाई तालिम


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 20:28:44

32905-20180313202844.jpg

बिर्तामोड । बिर्तामोड नगरपालिका, वडा नं ६ को सुगम शान्ति टोलका महिलालाई सिलाई कटाई तालिम प्रदान गरिएको छ ।
 
बिर्तामोड ६ नं वडा कार्यालयबाट प्राप्त एक लाख रुपैयाँ र समूहमा आवद्ध महिलाहरुबाट संकलित एक लाख रुपैयाँ गरी दुई लाख रुपैयाँ खर्चमा तीन महिने सो तालिम शुरु गरिएको आयोजक सुगम शान्ति टोल महिला समूहकी अध्यक्ष सीता दंगालले जानकारी दिइन् ।

वैशाख अन्तिमसम्म चल्ने सो तालिमको एक कार्यक्रमका बीच ६ नं वडाका अध्यक्ष सूर्य कन्दङवाले उद्घाटन गरेका हुन् । समूहका सचिव रिमा भट्टराईले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कन्दङ्वाले प्रशिक्षार्थीहरुलाई सिकेको सीपलाई रोजगारमुखी बनाउन आग्रह गरे । 

समूहमा आबद्ध २५ जना महिलालाई तीन महिनामा सिलाई कटाईमा दक्ष बनाउने लक्ष्य राखिएको प्रशिक्षक मुना आचार्यले बताइन् । कार्यक्रममा सुगम शान्ति टोल समितिका अध्यक्ष सुवास भट्टराईले टालभित्रका महिलालाई स्वरोजगार बनाउन तालिम दिन लागिएको बताए । 

गतवर्ष टोलका ३० जना महिलालाई कुसन तथा गुडिया बनाउने तालिम दिइएको समूहकी अध्यक्ष दंगालले बताइन् । तालिम लिएका अधिकांश महिलाले कुसन तथा गुडिया बनाउने कार्यलाई पेसा बनाएको राम्रो आम्दानी गरिरहेको सचिव भट्टराईले जानकारी दिइन् । 

प्रतिकृया दिनुहोस