पहिलो पाइलाले मिर्गौला रोगीलाई दियो १४,१६५


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 16:21:21

32900-20180313162121.jpg

बिर्तामोड । यहाँको पहिलो पाइला नामक समाजिक संस्थाले मिर्गौला रोगीलार्इ आर्थिक सहयोग गरेको छ । 

अर्जुनधारा नगरपालिका वडा नं ११ निवासी ४० वर्षीय टिका श्रेष्ठको दुबै मिर्गौला फेल भर्इ हाल काठमाडौंमा उपचारत रहेको र उनको आर्थिक अवस्था न्यून रहेका कारण आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष्य कृष्ण अग्रवालले जानकारी दिएका छन् । 

संस्थाले काँकरभिट्टा, बिर्तामोड, दमकलगायतका सहरमा पिउने पानीको बोतल (मिनरल वाटर) बेच्ने अभियानसँगै सडकमा आर्थिक संकलन गरेको हो । 

यसरी संकलित १४ हजार १६५ रुपयाँ आज मंगलबार बिरामी श्रेष्ठको घरैमा गएर उनकी आमा सावित्रा श्रेष्ठलार्इ अभियन्ताहरुले हस्तान्तरण गरेका हुन् । 

व्यक्तिको आर्थिक अवस्था कमजोर हुँदैमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् सदिच्छाले संस्थाले आर्थिक सहयोग संकलन गरेर परिवारलाई उपचार सहयोग हस्तान्तरण गरेको संस्थाका सदस्य आयुश अग्रवालले बताए । 

प्रतिकृया दिनुहोस