अध्यक्ष सापकोटालाई पितृशोक 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 15:59:13

32898-20180313155913.jpg

झापा । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई पितृशोक परेको छ ।

उनका ८१ वर्षीय पिता युनाथमणि सापकोटाको आज मङ्गबार अपरान्ह १ बजे झापाको शिवसताक्षी नगरपालिका– ७ चन्द्रडाँगीस्थित नीजि निवासमै मृत्यु भएको हो ।

लिभर क्यान्सरबाट लामो समयदेखि पीडित स्वर्गीय सापकोटालाई अस्पतालका चिकित्सकहरुको सुझावमा एक महिना अघि ओम हस्टिपटल काठमाडौं र भक्तपुरस्थित क्यान्सर हस्पिटलबाट जाँच गराई घर ल्याइएको थियो ।

उनका दुई श्रीमती हुमादेवी र दिलकुमारी सापकोटा छन् । स्व. सापकोटाका ५ छोराहरु होमप्रसाद, दिलप्रसाद, जयप्रसाद, कमलप्रसाद र तारामणि सापकोटामध्ये होमप्रसादको पहिल्यै निधन भइसकेको छ ।

स्व. सापकोटाका दुई छोरीहरु भीमा काफ्ले र लक्ष्मी रहेका छन् ।

प्रतिकृया दिनुहोस