राष्ट्रपतिको चुनावः मतदान सकियो, गणना ४ बजेदेखि


एजेन्सी, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २९ 15:43:47

32897-20180313154347.jpg

 काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । अपराहृन ४ बजेबाट मतगणना सुरु हुनेछ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

प्रतिनिधिसभाका बाबुराम भट्टराई, प्रेम सुवाल तथा राष्ट्रियसभाका जितेन्द्र देव र रमेश यादवले मतदान गरेनन् ।

प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन् ।

राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी र कांग्रेसकी पूर्वसांसद कुमारी लक्ष्मी राई चुनावी मैदानमा छन् ।

प्रतिकृया दिनुहोस