विश्वकप छनोट : नेपाल 'गर या मर'को अवस्थामा, हङकङलाई हराउनै पर्ने


एजेन्सी, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २८ 09:25:56

32878-20180312092556.jpg

काठमाडौं । जिम्बाबेमा जारि आइसीसी विश्वकप छनौट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा सोमबार चिरप्रतिद्वन्दी हङकङको सामना गर्दै छ।

प्रतियोगितामा ३ खेल खेलेको नेपाल तिनै खेलमा पराजित हुँदै समूहको अन्तिम स्थानमा रहेको छ भने हङकङले समान खेलबाट अफगानिस्तान बिरुद्ध ऐतिहासिक जित हात पार्दै २ अंक बटुलेको छ।

हङकङलाई पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गर्ने बाटो खुला राख्ने उदेश्य सहित नेपाल मैदानमा उत्रिने छ भने हङकङले पनि जित हात पार्दै सुपरसिक्समा स्थान बनाउन चाहन्छ। नेपाल हङकङबीच प्रतियोगिता अघि अभ्यास खेलमा तालिका रहेपनि बर्षाको कारण खेल हुन सकेको थिएन। झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ।

त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ। एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ। यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौं हुने टिमले एकदिवसीय मान्यता पाउनेछ। सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि प्ले अफ हुनेछ।

उक्त प्ले अफ्मा सातौं स्थान हात पार्ने टोलीले एक दिवसीय मान्यता पाउनेछ। यो बाटोबाट नेपाललाई एक दिवसीय मान्यता पाउन युएई र हङकङमध्ये कम्तिमा एक टोली सुपर सिक्समा पुग्नुहुँदैन।

प्रतिकृया दिनुहोस