भत्ताकै लागि अनुगमन गर्दै कर्मचारी, उपभोक्ता ठग्नेविरुद्ध कारबाही शून्य


प्रकाशित मिति : २०७४ ,फाल्गुन , २८ 06:45:13

32869-20180312064513.jpg

काठमाडौं । छाडा बजार नियन्त्रण गर्न सरकारले पछिल्ला ६ महिनाको अवधिमा साढे ३६ लाख रुपैयाँ खर्च गरेको छ। सरकारी ढुकुटीबाट यति ठूलो रकम खर्च भइरहँदा प्रतिफल भने शून्य भेटिएको छ।

अनुगमनकारी निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत साउनदेखि पुस महिनासम्ममा बजार अनुगमनका नाममा उपत्यकामा मात्रै ३६ लाख ४२ हजार नौ सय रुपैयाँ खर्च गरेको हो। ६ महिना अवधिमा विभागले उपत्यकाभरमा तीन हजार पाँच सय ६० पटक अनुगमन गरे पनि हालसम्म एक जना दोषीलाई पनि कारबाही गरेको छैन।

विभागले संख्यात्मक रुपमा वर्षेनी हजारौंको संख्यामा अनुगमन गर्ने तर कारबाही कसैमाथि गर्न नसक्ने प्रवृतिका कारण छाडा बजार सुधारको साटो बिग्रदै गएको छ। तथ्यांक विश्लेषण गर्ने हो भने अनुगमनका लागि आउने रकम प्रतिफल बिना नै खर्च भइरहेको छ। अन्नपूर्ण पोष्टबाट ।

प्रतिकृया दिनुहोस