प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने जिम्मा ट्राभल कम्पनीलाई


प्रकाशित मिति : २०७४ ,फाल्गुन , २८ 06:42:27

32868-20180312064227.jpg

काठमाडौं । रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) जाने नेपालीले बनाएको प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्ने जिम्मा दुई ट्राभल कम्पनीले पाएका छन्।

नेपालस्थित यूएई दूतावासले याक्का ट्राभल एण्ड टुर्स र सीटी एक्सप्रेस ट्राभललाई कामदारको प्रहरी प्रमाणीकरण गर्ने अनुमति दिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए। फेब्रुअरी १ देखि यूएई सरकारले नेपालबाट रोजगारीका लागि जाने कामदारसँग प्रहरी प्रतिवेदन अनिवार्य गरेको थियो।

नयाँ नियमसँगै कामदारमाथि ४४ सय रुपैयाँ आर्थिक भार थपिएको छ। कामदारको प्रमाणपत्र कन्सुलर सेवा विभाग त्रिपुरेश्वर र काठमाडौंस्थित दुबईको दूतावासबाट प्रमाणित गरी दुबईको सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरिएको थियो। तर १० दिनमै यूएई सरकारले प्रहरी प्रतिवेदन प्रमाणितको जिम्मा दुई वटा ट्राभल कम्पनीलाई दिँदै कामदारमाथि थप एक सय १३ रुपैयाँ भार थपिदिएको छ। अनुमति पाएका दुई ट्राभलका सञ्चालक म्यानपावर व्यवसायीसमेत हुन्।

अनुमति पाएका दुई ट्राभलले कामदारसँग सेवा शुल्कका नाममा एक सय रुपैयाँ र भ्याट १३ रुपैयाँ लिनेछन्। नेपाल सरकारले कामदार लागत कम गराउन भन्दै न्यून लागतको फ्री भिसा तथा टिकटको निर्णय लागु गरे पनिरोजगारदाता देशले भने कामदारसँग विभिन्न शीर्षकमा रकम असुली गरिरहेको छ। अन्नपूर्ण पोष्टबाट ।

प्रतिकृया दिनुहोस