भेट्रान फुटबलमा नेपाल र भारतका भेट्रानबीच कडा प्रतिष्पर्धा 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २७ 21:32:34

32866-20180311213234.jpg

काँकरभिट्टा । सर्वाधिक पुरस्कार राशिको नेपाल–इण्डो भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करण अन्तरगत आइतबार दोस्रो दिनको खेलमा बिर्तामोड भेट्रान फुटबल क्लब र राइनो डुवर्स भेट्रान फुटबल क्लब विजयी भएका छन् ।

आइतबार भएको पहिलो खेलमा सिबिसी भेट्रान फुटबल क्लब चन्द्रगढीलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै बिर्तामोड भेट्रान फुटबल क्लब विजयी भएको हो ।

सिबिसी विरुद्ध खेलको पहिलो हाफको दोस्रो मिनेटमा बिर्तामोडका देवमान लिम्बूले पहिलो गोल गरेका थिए । जवाफमा पहिलो हाफको १४औं मिनेटमा बिर्तामोड विरुद्ध सिबिसीका अर्जुन राइले पहिलो गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । 

त्यसपछि दोस्रो हाफको १४औं मिनेटमा बिर्तामोडका सुवास सुब्बाले १ गोल, २२औं मिनेटमा बिर्तामोडकै केशवराज दाहालले १ गोल र २४औं मिनेटमा बिर्तामोडकै सुवास सुब्बाले थप अर्को गोल गरेका थिए ।

आइतबार नै भएको दोस्रो खेलमा एभरेष्ट भेट्रान फुटबल क्लब मोरङलाई ० का विरुद्ध १ गोलले राइनो डुवर्स भेट्रान फुटबल क्लब भारत विजयी भएको हो ।

खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन् भने दोस्रो हाफको २५औं मिनेटमा राइनोका दिव्यज्योति मुखर्जीले निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका हुन् ।

पहिलो खेलको म्यान अफ दि म्याच घोषित बिर्तामोडका सुवास सुब्बा र दोस्रो खेलको म्यान अफ दि म्याच घोषित राइनोका दिव्यज्योति मुखर्जीलाई पुरस्कार स्वरुप जनही २१ सय रुपैयाँ र ट्रफी प्रदान गरियो ।
 

प्रतिकृया दिनुहोस