युवालाई उद्यम तालिम गराउँदै एनएमसी


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २७ 20:45:31

32862-20180311204531.jpg

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि (एनएमसी) अन्तर्गतको युवा सरोकार समितिले युवा उद्यम सम्बन्धी आज अभिमुखीकरण तालिम गराएको छ ।

सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा आज आयोजित अभिमुखीकरणमा एनएमसीसँग आवद्ध सयभन्दा बढी युवा सदस्यलाई स्वरोजगार तथा उद्यमशील बनाउने उद्देश्यका साथ तालिम दिइएको छ ।

तालिममा समितिका एकेन्द्र उप्रेती, राजु उप्रेती तथा चेतन शर्मा पौडेलले सहजीकरण गरेका थिए । वरिष्ठ सहायक किरण कट्टेलले विशेष सहजीकरण गरेको तालिममा युवाले एनएमसीले अभियानको रुपमा सञ्चालन गरेको स्वरोजगारका निम्ति व्यक्तिगत फारम भरेका छन् । 

संस्थाले युवा पुस्तालाई उद्यमशील एवम् स्वरोजगार बनाउन यस प्रकारका अभियान सञ्चालन गर्दै आएको छ । 

एनएमसी सुरुङ्गा कार्यालयगत समितिका संयोजक बालकृष्ण मैनालीको विशेष सहभागितामा सम्पन्न कार्यक्रमको सञ्चालन एनएमसी सुरुङ्गा कार्यालय प्रमुख पारसचन्द्र भट्टराईले गरेका थिए । 

प्रतिकृया दिनुहोस