गाउँपालिका नकाउट फुटबल प्रतियोगिता सुरु


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २६ 19:52:56

32834-20180310195256.jpg

भद्रपुर । स्थानीय तह घोषाण भएको एक वर्ष पूरा गरेको अवसर पारेर हल्दिवारी गाउँ पालिकामा वडा स्तरीय नकाउट फुटवल प्रतियोगिता सुरु गरिएको छ ।

युवा तथा खेलकुद समिति हल्दिवारी गाउँपालिकाको आयोजनामा सुरु गरिएको फुटवल प्रतियोगितामा ५ वटा वडाका टोली सहित गाउँकार्यपालिका र कर्मचारी टोलीले प्रतिष्पर्धा गर्ने गर्ने छन् ।

झापा क्षेत्र नम्बर ३ (ख) का प्रदेश सांसद पूर्णसिंह राजवंशीले उद्घाटन गरेको पहिलो खेल गाउँ कार्यपालिकाका जनप्रतिनिधि तथा कर्मचारी टिम बीच प्रतिष्पर्धा भएको छ । रोचकता पूर्ण रुपमा सुरु भएको खेलमा जनप्रतिनिधिले २ गोल गर्दै कर्मचारीलाई १ गोलमा सिमित गरी जनप्रतिनिधि टिम विजयी भयो भने कर्मचारी उपविजेतामा सिमित बन्न पुगेको थियो ।

यस्तै दोस्रो खेलमा २ नम्वर वडाले २ गोल गर्दै ५ नम्बर बि टीमलाई सुन्यमा सिमित पार्दै हराउन सफल भयो । खेलकुद विकास मितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न जात जातिको साँस्कृतिक झाँकीसहित जातीय कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।

 सचिव हरि गौतमले सञ्चालन गरेको कार्यक्रमको स्वागत सह संयोजक नरेन्द्रकुमार फागोले गरेका थिए भने राष्ट्रिय स्तरका सहायक प्रशिक्षक दिपेश निरौला, राष्ट्रिय खेलाडी हरि बस्नेत, सपना मगर, राजु शिवाकोटी, मुक्ति काफ्ले, पुण्य उप्रेती, केदार ढकाल, सिर्जना राय लगायत नौ जनालाई सम्मान गरिएको थियो ।

 कराँते खेलका विभिन्न प्रकारको प्रदर्शन गरिएको कार्यक्रममा हल्दिवारी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस