उच्च स्तरीय प्रविधि भित्र्याउँदै बि एण्ड सी


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २६ 16:01:02

मुटु रोगीका लागि उच्च स्तरीय क्याथ ल्याब सेवा सञ्चालनमा

32827-20180310160102.jpg

बिर्तामोड । झापाको बिर्तामोडमा रहेर उच्च स्तरीय सेवा प्रदान गर्दै आएको बी एण्ड सी टिचिङ्ग हस्पिटलले मुटु रोगीको उपचारमा ध्यान दिदैं क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ ।

मुटु रोग सम्बन्धि विशेषज्ञता हासिल गरेका डीएम कार्डोलोजिष्ट डाक्टर राजेश पञ्जियारले अब बी एण्ड सी हस्पिटलले मुटु रोगको सफलताकासाथ उपचार गर्न सक्ने बताएका छन् । उनले विश्व स्तरीय उपकरणहरु भएकाले मुटु रोगीले उपचारका लागी राजधानी तथा विदेश जानु नपर्ने बताएका छन् । डा.पजियारको टिममा पाँच जना विशेषज्ञ डाक्टर रहेका छन् ।

मुटु रोगको उपचारमा संलग्न डाक्टर पञ्जियारले बीएण्डसीमा मुटुको सम्पूर्ण उपचार सुरु भएको भन्दै अबको दुई वर्ष भित्र हस्पिटलले मुटु फेर्ने सम्मका उपचार गर्ने उद्धेश्यका साथ चिकित्सकको टोली लागेको बताएका छन् । एनजियो ग्राफिक्स,एजियो प्लाष्टिक,प्रेस मेकर हाल्ने प्रविधि मार्फत विभिन्न उपचार गर्दै आएको हस्पिटलले क्याथ ल्याब सेवा सञ्चालन गरेसँगै आफ्नो मुटु कतिको स्वास्थ्य छ भन्ने चेक जाँच गर्न सकिने जानकारी दिएका छन् ।

विभिन्न रोगको सफल उपचार गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरण भित्र्यिाउने क्रम जारी रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिएका । उनले भने, बीएण्डसी हस्पिटलमा विशेषज्ञ चिकित्सकसहित विश्वस्तरीय प्रविधि भित्रि रहेका छन् । यो हस्पिटल  नेपाल र नेपालीहरुकै साझा सम्पत्ति हो । यसको विकास र उन्नतीका लागी सबै एक जुट हुन जरुरी छ ।

उनले बी एण्ड सी हस्पिटलसँग पूर्वका कुनै हस्पिटलहरुले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै समृद्धिको सारथी बन्न पत्रकारलाई अनुरोध गरे । उनले मेची अञ्चलमा मुटु रोगको विशेषज्ञता हासिल गरेको एक मात्र डाक्टर भएको हस्पिटल बी एण्ड सी मात्र भएको दाबी समेत गरेका छन् ।
२८ करोड मूल्य बराबरको क्याथ ल्याब मेशिन ल्याएसंगै अब मुटु सम्बन्धि समस्याका विरामीको रोगको छिटो पहिचान गर्न सकिने कार्यकारी निर्देशक प्रसाईले बताए । उनले अब मेची अञ्चलका मुटु रोगीले अन्यत्र धाउनु पर्ने बाध्यताको अन्य भएको बताएका छन् । पछिल्लो समय दैनिक रुपमा मुटु रोगीको संख्या बढ्दै गइरहेका बेला अत्याधुनिक उपकरणसहितको उपचार सुरु भएपछि पूर्वका मुटु रोगीलाई ठूलो राहत मिलेको मुटु रोग विशेषज्ञ डाक्टर पञ्जियार बताउँछन् ।

हस्पिटलले शनिबार पत्रकार सम्मेलन गरेर मुटु रोगको उपचार पद्धति र बी एण्डसी मा भित्रिएका उपकरणको बारेमा जानकारी गराएको हो । हस्पिटलले नशा सम्बन्धि पूर्ण उपचार सेवा समेत सञ्चालनमा ल्याएको जनाइएको छ । न्यूरो सर्जन डाक्टर पंकजराज नेपालले नशा च्यापिएको बिरामीको शल्यक्रिया गरेर उपचार गर्न सकिने बताएका छन् । उनले भने–नशा च्यापिएको अप्रेशन गर्दा प्यरालाईसेस हसन्छ भन्ने धेरैमा भ्रम छ तर नशाको सफल सल्यक्रिया गरेर उपचार गरेमा यो समस्याबाट छुटकरा पाउन सकिन्छ ।

मानिसको अत्यन्त संवेदनशिल अंग  टाँउको भएकाले टाँउकामा नशा च्यापिएका,बेन्टमर जस्ता प्राणघातक या जस्तो सुकै उपचार पनि बीएण्डसी हस्पिटलमा हुन सक्ने जनाएको छ  । बीएण्डसी हस्पिटलमा जटिल प्रकृतिका शल्यक्रियाहरु समेत सफलता पूर्वका सम्पन्न भएको भन्दै अब उपकरणहरु विश्व स्तरीय भएकाले चिकित्सकलाई काम गर्न पनि सहज भएको छ ।

मेची अञ्चलका झापासहित इलाम, पाँचथर,ताप्लेजुङ तथा मोरङ, सुनसरी, धनकुटा,तेह्रथुमका साथै भारतका विभिन्न स्थानबाट समेत उपचारका लागी बिरामीहरु आउने गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । हस्पिटलले क्यान्सर रोगीलाई मध्यनजर गर्दै छुट्टै रुपमा पूर्वाञ्चल क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस