शिवसताक्षीमा स्थानीयतह स्तरीय भलिबल प्रतियोगिता हुने


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २६ 14:40:10

32825-20180310144010.jpg

दूधे । झापाको शिवसताक्षीमा प्रथम शिवसताक्षी स्थानीयतह स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

शिवसताक्षी भलिबल क्लबको आयोजनामा २०७४ चैत्र २ गतेबाट ५गते सम्म शिवसताक्षी नगरपालिकाको दूधे खेल मैदानमा प्रतियोगिता हुने क्लब अध्यक्ष भिम लिवाङले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

प्रदेश नं. १ मा उत्कृष्ट टिम उत्पादन गर्ने उद्देश्यले स्थानीयतह स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष लिवाङले बताए । उनले जिल्लामा अन्य खेलहरु आयोजना भइरहेपनि भलिबलको आयोजना नभएको जानकारी दिए । उनले भने, जिल्ला भित्र भलिबल खेल्ल रुचाउने र खेल्ने खेलाडीहरु धेरै छन् तर त्यस्ता खेलाडीहरुलाई अगाडी ल्याउनका निमित्त भलिबल खेल कम मात्रमा भएको पाएको छ ।
स्थानीय तहबाट प्रथम हुने टिमलाई जिल्ला खेलकुद विकास समिति मार्फत इटहरीको खेल तालिम केन्द्रमा प्रशिक्षण गराई प्रदेश स्तरीय टिम निर्माण गर्ने बताएको छ ।

खेलमा झापाका १४ ओटा स्थानीयतह सहभागी हुने छन्  । खेलमा प्रथम पुरस्कार ५१ हजार, द्वितीय पुरस्कार ३१ हजार रहेको क्लबका वरिष्ठ उपाध्यक्ष जनकराज पौडेलले जानकारी । भलिबलको ६ ओटा विधाका उत्कृष्ठ खेलाडीले पुरस्कार सहित मेडल र प्रमाण–पत्र पाउने छन् ।
क्लबले २ लाख ६२ हजारमा खेल सम्पन्न गर्ने खेल संयोजक राजेन्द्र श्रेष्ठले बताए । शिवसताक्षी नगरपालिकाबाट २ लाख, आयोजक क्लब र अन्य शुभचिन्तकहरुबाट ६२ हजार संकलन गरी खेल सम्पन्न गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस