रूसी विमान सिरियामा दुर्घटना, ३२ जनाको मृत्यु


एजेन्सी, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २२ 20:47:19

32731-20180306204719.png

एक रूसी विमान सिरियामा दुर्घटनाग्रस्त भएको। उक्त विमानसमा सवार २६ यात्रु र ६ जना विमान चालकदलका सदस्य गरी ३२ जनाको मृत्यु भएको रूसको रक्षा मन्त्रालयले जानकारी छ।

बीबीसीका अनुसार 'एएन २६' विमान सिरियाको विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटनामा परेको हो। उक्त विमानस्थल सिरियाको लताकियामा रहेको छ।

रूसी रक्षा मन्त्रालयका अनुसार प्रारम्भिक जाँचका क्रममा विमानमा आन्तरिक प्राविधिक त्रुटिका कारण दुर्घटना भएको हुनसक्छ। विमान दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
 

प्रतिकृया दिनुहोस