बीमा अभिकर्ताको पेसा संकटमा ! त्यसै भन्छन् अभिकर्ताहरु


प्रकाशित मिति : २०७४ ,फाल्गुन , २२ 04:54:20

दमकमा नयाँ नेतृत्व

32703-20180306045420.jpg

दमक । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स, शाखा समिति दमकको दोस्रो अधिवेशनले नरेस बञ्जराको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

अभिकर्ता संघको अधिवेशनले बञ्जरालाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा नविन ताम्राकार, सचिवमा तिलरुपा सुवेदी, सहसचिवमा नविन योगी र कोषाध्यक्षमा लालबहादुर खड्का चयन भएका छन् ।

शाखा समिति अधिवेशनको उद्घाटन समारोहमा बोल्ने अधिकांश वक्ताले बीमा अभिकर्तालाई अंकुश लगाउने बीमा ऐन संशोधन हुनुपर्ने माग गरेका छन् । वक्ताले बैंकले बीमा गर्न पाउने गलत नीति संशोधन नभएमा बीमा अभिकर्ताको पेशा नै अंकुशमा पर्ने गुनासो गरेका हुन् ।

बीमा अभिकर्ता संघका केन्द्रीय सदस्य रामकुमार बुढाथोकीले अहिलेको सरकारले संसदमा विचाराधिन बीमा ऐनलाई विमित र बीमा अभिकर्ताको पक्षमा संशोधन हुनुपर्ने माग गरे । 

संघका दमक नगर अध्यक्ष तेजप्रसाद तिवारीको अध्यक्षतामा भएको अधिवेशनमाको उद्घाटन समारोहमा बोल्दै अभिकर्ता संघका केन्द्रीय सल्लाहकार सीपी कँडरियाले बीमा ऐन संशोधनका लागि निर्णायक आन्दोलन गर्नुृपर्ने धारणा राखे ।

अधिवेशनमा बीमाको अवधारणा जनता माझ बुझाउन सक्रिय अभिकर्ताहरु केन्दीय सदस्य बुढाथोकी, मोहनकुमार दाहाल, टिकादत्त प्याकुरेल, तेज प्रसाई र सल्लाहकार कँडरियालाई प्रमुख अतिथि प्रदेश नम्बर १ का साँसद अर्जुन राईले सम्मानपत्र प्रदान गरेका थिए ।

सो अवसरमा प्रदेश सांसद राईले बिमित र बीमा अभिकर्तालाई आवश्यक पर्ने बीमा नीति संशोधन गर्न गराउन आफूले पनि पहल गर्ने आश्वासन दिए । मानिसका लागि बीमा अपरिहार्य रहेको भन्दै प्रदेश सांसद राईले बीमाको विषयमा सबैलाई बुझाउनु पर्नेमा पनि जोड दिए । 

प्रतिकृया दिनुहोस