सतासी सहकारी २१औं वर्षमा 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २१ 21:03:11

32701-20180305210311.jpg

बिर्तामोड । पूर्वमै उत्कृष्ट सहकारी पसल सञ्चालन गरेर नाम कमाएको सतासी बहुमुखी सहकारी संस्था आजबाट २१औं वर्षमा प्रवेश गरेको छ । 

२१औं वर्ष प्रवेशको अवसरमा आज संस्थाले रक्तदानसहित वार्षिकोत्सव समारोहको आयोजना गरी मनाएको छ । 

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा संस्था परिसरमा आयोजित वार्षिकोत्सव समारोहमा बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)लाई १८ हजार १५१ रुपैयाँ सहयोग प्रदान गरियो । 

यसैगरी संस्थाले हालैदेखि सुरु गरेर स्वास्थ्य उपचार राहत तथा सदस्य परिवारमा कसैको मृत्यु भएमा सहायता प्रदान गर्न स्थापित कोषबाट दुईजनालाई राहत प्रदान गरियो । 

श्रीमतीको देहावसान भएका संस्थाका सदस्य ध्रुवकृष्ण श्रेष्ठलाई राहत वापत ५ हजार रुपैयाँ र संस्थाका सदस्य सुकमति राईको पाठेघर क्यान्सर भएकाले उपचार खर्चवापत १० हजार रुपैयाँ राहत प्रदान गरिएको प्रबन्धक सन्तोष कुमार श्रेष्ठले बताए ।

संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठले संस्थाको २० वर्षे यात्रा बारेमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षहरुमा संस्थाको लक्ष्यका बारेमा अवगत गराए । 

कार्यक्रमका प्रमुख अतिथि ढकालले संस्था स्थापना गर्दा जिल्लाभरका सहकारीमा भएको पूँजी अहिले एउटा सतासीमा नै रहेको सन्दर्भ कोट्याउँदै सतासी डिपार्टमेन्टको अन्यत्र पनि आउटलेट खोल्न सुझाव दिए । 

वार्षिकोत्सवमा परोपकार तथा अनुसन्धान केन्द्रका सचिव हरिप्रसाद सिटौलाले संस्थाले प्रदान गरेको सहयोगप्रति सराहना गर्दै प्रशंशा गरेका थिए ।  

प्रतिकृया दिनुहोस