सुनिल थापा, गौरी मल्ल, त्रिलोक रानाहरु बिर्तामोड आउँदै


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २१ 20:22:08

मेची महाकाली गट टेयालेन्टको अडिसन २६ गते गरिँदै

32700-20180305202208.jpg

झापा । सर्वाधिक नगद पुरस्कार राशिको मेची महाकाली गट टेयालेन्ट नामक टेलिभिजन रियालिटी शोको अडिसन फागुन २६ गते बिर्तामोडबाट सुरु गरिने भएको छ ।

ग्रेड वान मिडिया ग्रुपको आयोजना तथा सगरमाथा टेलिभिजनबाट प्रसारण गरिन लागेको गट ट्यालेन्टमा प्रथम हुने प्रतिभाले २१ लाख रुपैयाँ पुरस्कार पाउने बताइएको छ । 

आफ्नो प्रतिभा प्रस्तुतिका लागि नृत्य, गायन, क्यारिकेचर, हास्य व्यङ्ग्य, एक्टिङसहित सबै विधा खुल्ला रहेको ग्रुपका अध्यक्ष एवम् कार्यक्रम उत्पादक देव मगरले जानकारी दिए ।

अडिसनमा सहभागिताका लागि कुनै शुल्क नलाग्ने, जुनसुकै उमेर समूहले पनि समान अवसर पाउने तथा शैक्षिक योग्यताको सीमा नरहेको तर कार्यक्रम सम्पूर्णरुपमा कलासँग सरोकार रहने जनाइएको छ । 

आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरेर ग्रुपका अध्यक्ष एवम् कार्यक्रम उत्पादक मगरले भने ‘बिर्तामोडबाट सुरु भएको अडिसन काठमाडौंसहित देशका अन्य ७ स्थानमा गरिनेछ र छानिएका करिब २०० जनालाई काठमाडौंमा बोलाइनेछ ।’ 

रियालिटी शोको निर्णायकहरुमा कलाकार सुनिल थापा, गौरी मल्ल, गायक त्रिलोक राना र गम्भीर विष्ट रहने जनाइएको छ । झापा अडिसनका लागि उनीहरु फागुन २५ गते नै झापा आउने पनि जानकारी दिइएको छ । 

झापामा रेडियोकर्मी सुरज प्रधानले कार्यक्रमको संयोजन गरिरहेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिकृया दिनुहोस