केकी र नारायणको हट केक, ‘जाम पारी पारी’ (भिडियोसहित)


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २१ 17:29:57

32697-20180305172957.jpg

भिडियोः 

काठमाडौं । कार्यक्रम प्रस्तोता नारायण कँडरियाद्वारा रचित, संगीतबद्ध तथा अभिनित, नवीनबाबु गुरुङको निर्देशनमा बनेको ‘जाम पारी पारी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपाल टेलिभिजन, सगरमाथा टेलिभिजन तथा विभिन्न सञ्चारमाध्यम एवम् स्टेजमा कुशल प्रस्तोताको रूपमा स्थापित भएका नारायण आफैँले गीतमा स्वर भरेका छन् ।

गीतको म्यूजिक भिडियो अर्जुन तिवारीले छायांकन गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको म्यूजिक भिडियोमा नायारणसँगै नायिका केकी अधिकारीलाई देख्न सकिन्छ ।

नेपाली सांगीतिक क्षेत्रमा नयाँ नाम भए पनि नारायण नवीनतम् प्रस्तुतिका कारण युवामाझ लोकप्रिय छन् । 

उनको म्यूजिक भिडियो रिलिज हुनुअघि नै विशेष चर्चामा रहेको थियो । सामाजिक सञ्जालमा पनि नारायणको म्यूजिक भिडियोको चासो निकै देखिएको थियो । 

एजुकेशन पार्कले प्रायोजन गरेको म्यूजिक भिडियोमा कुलेखानी आसपासका मनोरम दृश्यहरू देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस