भाडामा बेहुला र जन्ती लिएर बिहे !


एजेन्सी, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १५ 13:26:39

32557-20180227132639.png

भियतनाम । भियतनाममा भाडामा बेहुला र जन्ती लिएर बिहे गर्ने प्रचलन बढ्न थालेको छ ।

भियतनाममा ‘लिभ इन रिलेशनसीप’ को प्रचलन बढ्दै गएको छ । यस्तो अवस्थामा कयौं युवती विवाह विना नै गर्भवती हुने गरेका छन् । सामाजिक तिरस्कारबाट जोगिनका लागि त्यस्ता युवतीले नक्कली विवाह गर्न थालेका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार राजधानी हनोइसमेत विभिन्न सहरमा नक्कली विवाहको प्रचलन बढ्न थालेको छ ।

गर्भवती युवतीको विवाहका लागि बेहुला र जन्तीसमेत भाडामा लिने गरिएको छ । यस्तो विवाहका लागि पुरुषले समेत ठूलो परिमाणमा रकम लिने गरेको बताइन्छ ।

समाजमा नक्कली विवाहको बढ्दो प्रचलनका कारण केही कम्पनीसमेत यस्तो विवाहको सुविधा दिलाउन खुलेका छन् । ती कम्पनीमा गएर गर्भवती युवतीले निश्चित रकम तिरेपछि विवाहको सबै प्रवन्ध सोही कम्पनीले मिलाउने गरेको बताइन्छ । यहाँसम्म कि, सोही कम्पनीले बेहुला, जन्ती र अन्य आफन्तको समेत व्यवस्था मिलाउने गर्दछ ।

भियतनाममा विवाह अघि नै कुनै युवती आमा बनेको अवस्थामा उसलाई सामाजिक रुपमा तिरस्कार गरिन्छ । त्यसैले सामाजिक तिरस्कारबाट बच्न ठूलो परिमाणमा रहक खर्चिएर भए पनि विवाहको नाटक गर्नेहरुको संख्या बढेको हो ।

प्रतिकृया दिनुहोस