अर्जुनधारामा वडाहरुको कामबारे प्रमुख उपप्रमुखबाट अनुगमन 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १४ 20:39:44

शनिश्चरे । अर्जुनधारा नगरपालिकाले वडाभित्रका काम कारबाहीबारे जानकारी लिन अनुगमन गर्न शुरु गरेको छ । वडागत विकासका काम र प्रगतिबारे अर्जुनधारा नगरपालिकाले संविधान अनुसार नगर क्षेत्रको अनुगमन गर्दै आफ्नो अधिकार क्षेत्र स्पष्ट गरेको हो । 

सोमबार अर्जुनधारा नगरपालिका वडा न १ को वडागत अनुगमन गरी त्यहाँ भएका विकास निर्माण, भिमले आधारभूत विद्यालयको शैक्षिक अवस्था, पेरुङ्गे बस्ती स्थानान्तरण, निर्माणको प्रगति र वडाको चालु आर्थिक वर्षमा सञ्चालित योजनाको प्रगति लगायतका विषयमा अनुगमन गरेको हो ।

नेपालको संविधानमा नगरपालिकाले वडाभित्रका समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने उल्लेख छ । सोही अनुसार अर्जुनधारा नगरले वडामा भएको कामको अनुगमन गरेको हो ।

अनुगमनका लागि वडा पुगेका नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगरपालिकामा सञ्चालित योजनालाई समयमा सम्पन्न गर्नुपर्ने, स्थानीय तहमा सुशासन कायम गर्नका लागि नगर कार्यपालिका, नगरसभाका सदस्य, वडाध्यक्ष र कर्मचारीहरुले जनचाहाना अनुसार काम गर्नुुपर्ने सुझाब दिए ।

नगरपालिकाबाट वडामा गर्नुपर्ने सबै प्रकारका सहयोग हुने भन्दै उनले भने यसका लागि जिल्ला समन्वय समिति, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्न नगरपालिका तयार रहेको स्पष्ट गरे ।

नगरपालिकाका उपप्रमुख कमला खतिवडकाले नगरपकालिकाबाट नियमितरूपमा अनुगमन हुने भएकाले नगरपालिकाको काममा सहयोग गर्न वडाबासीलाई आग्रह गरिन् ।

प्रतिकृया दिनुहोस