एक दिवसीय हर्वोल मेडिसियन सम्बन्धी तालिम सम्पन्न


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १० 21:22:09

32449-20180222212209.jpg

खुदुनाबारी । सरसफाई सचेतना र जनस्वास्थ्य प्रबद्र्धन सम्बन्धि एकदिवसीय हर्वोल मेडिसियन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

स्वास्थ्य रक्षाका लागि क्रियाशिल शनिश्चरे आयुर्वेद औषधालय र अर्जुनधारा नगरपालिकाको सहयोगमा तालिम अर्जुनधारा–४ स्थित दहिझोडामा सम्पन्न भएको हो ।

‘आयुर्वेद, परम्परागत चिकित्सा, औषधिमा प्रयोग हुने जडीबुटी तथा अन्य स्रोतका बारेमा धेरै कुरा गरिने भए पनि यो पद्धतिलाई वैकल्पिक उपचार विधिका रुपमा मात्र अपनाउँदा सोचेजस्तो विकास नभएको कविराज राजु पराजुलीले बताए ।

 तालिम सहजीकरण गर्दै कविराज पराजुलीले नेपालमा मात्र नभएर विदेशी मुलुकले पनि आयुर्वेदलाई महत्व दिँदै आएको चर्चा गरे । उनले जडीबुटी तथा वनस्पतिको प्रयोग, उत्पादन र भण्डारणको व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने धारणा राखे । एकदिवसीय तालिममा २४ जना स्थानीय सहमागी भएका थिए । पञ्चकर्म आयुर्वेद चिकित्सा लोकप्रिय बन्दै गएकाले  यसको उपयोग गर्नुपर्ने तालिममा जानकारी गराइएको थियो । लोटसल्ला, सर्पगन्धा, कुरीलो, हर्रो, एलोबेरा लगायतका जडीबुटीको पहिचान र उपयोगको बारेमा सहभागीहरुलाई सुझाइएको थियो ।

 

प्रतिकृया दिनुहोस