केरखामा नवोदयले गर्यो आँखा स्वास्थ्य शिविर


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १० 12:27:16

32439-20180222122716.jpg

केरखा । यहाँस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्था र युराशिया रेयुकाई भद्रपुरको आयोजनामा आज केरखा बजारमा आँखा स्वास्थ्य शिविर गरिएको छ । 

शिविरमा कमल गाउँपालिका, चुलाचुली गाउँपालिका र शिवसताक्षी नगरपालिकाका २०० भन्दा बढीले आँखाको स्वास्थ्य परीक्षण गराएका  सहकारी संस्थाका व्यवस्थापक फणिन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आँखा परीक्षण गराउन आएका सेवाग्राहीहरुमा मोतियाविन्दू, आँखाको एलर्जी, आँखा पाक्नेजस्ता रोगहरु देखिएको मेची आँखा अस्पतालका चिकित्सक मेमलाल राजवंशीले जानकारी दिए ।

शिविरमा आएका सेवाग्राहीहरु मध्ये मोतियाविन्दू भएका २० जनालाई निःशुल्क शल्यक्रियाका लागि मेची आँखा अस्पताल पठाइएको संस्थाका उपाध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस