‘मिलान्कोली’ गीति एल्बम गिनिजबुकमा दर्ता भएसँगै रेकर्डिस्ट खरेलको चर्चा


सरोज भट्टराई, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ९ 12:17:42

32413-20180221121742.jpg

झापा । गएको भदौमा सार्वजनिक भएको ३६५ जना चर्चित नेपाली गायक गायिकाहरुले गाएको नेपाली गीति भिडियो ‘मिलान्कोली’ गिनिज बुक रेकर्डका लागि दर्ता भएको छ ।

नेपाली संगीतमा पहिलो पल्ट ३३ मिनेट ४९ सेकेन्ड लामो भिडियो गिनिज बुक रेकर्डका लागि दर्ता भएसँगै रेकर्डिस्ट एकाएक चर्चामा आएका छन् ।

झापा शिवसताक्षी ११ दूधेका प्रकाश खरेलले नेपालका ख्याती प्राप्त ३६५ जना गायक गायिकाहरु स्वर रहेको गीत एकै दिनमा सफल रकर्ड गरेका थिए ।

उनी म्यूजिक नेपालमा विगत १७ वर्षदेखि सिनियर रेकर्डिक्टको रुपमा कार्यरत छन् । उनले रकर्डक्स गरेको गीत गिनिज बुक रेकर्डका लागि सिफरिस भएसँगैे उत्कृष्ट रेकर्डिक्सको रुपमा चर्चामा छन् । उनी भन्छन्, यति लामो गीत रेकर्ड गर्न निकै चुनौति थियो । उहाँहरुले दिनु भएको जिम्मेवारी र मेरो अनुभवले  गीत सफल रकर्ड भई वल्र्ड रेकर्डको लागि सिफारिस भएको छ । यसमा ‘मिलान्कोली’ टिममा काम गर्ने सबैको योगदान उतिकै छ ।  

“जोगाऔं माटो, जल, जमिन, जङ्गल ।
यही हो हाम्रो धन नयाँ नेपालको संकल्प”
बोलको गीत निपेश ढाकाको शब्द र संगीत रहेको छ । गीतले गिनीज बुकमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको बताइएको छ । एउटै गीतमा ३६५ जना गायक गायिकाहरूले स्वरांकन गरेको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतै पनि यो प्रयास नगरिएकोले यो गीत गिनिज बुक अफ द वल्र्ड रेकर्डमा सफल हुने संगीतकार निपेश ढाका बताउँछन् ।

“जल, जमिन, जंगल, जडीबुटी, जलवायू, जनावर, जनशक्ति, र जराजुरी – नेपालको आत्मनिर्भर र स्वाधीन  विकासका लागि मेरुदण्ड बराबरी” को सच्याइलाई आत्मसाथ गर्दै स्रोत, सम्पदा र प्रकृतिको सही पहिचान, संरक्षण, सम्बर्धन, उत्पादन र प्रभावकारी वितरणका लागि उचित नीतिगत वातावरणको लागी ढाकाले आफ्नै रचना र संगीतमा गीत निर्माण गरेका हुन् । गीतमा  राष्ट्रकवि माधवप्रसाद घिमिरेसहित ३६५ कलाकारहरुलाई सहभागी गराएका थिए । ‘मिलान्कोली’ टिमले अहिले चारै तिरबाट प्रशंसा पाइरहेको छ ।

 

प्रतिकृया दिनुहोस