सहरेडाँगीमा एनएमसीको आँखा स्वास्थ्य शिविर


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ८ 17:24:56

चारआली । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तरगत स्वास्थ्य समितिको आयोजना तथा एनएमसी चारआली कार्यालयको व्यवस्थापनमा एक दिने आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मेचीनगर १२, सहरेडाँगीस्थित सरस्वती बालकल्याण माविको हातामा सम्पन्न आँखा स्वास्थ्य शिविरमा काँकरभिट्टा आई केयर सेन्टरले प्राविधिक सहयोग गरेको थियो । 

शिविरमा ३०० भन्दा बढी एनएमसी सदस्य र गैर सदस्यले सेवा लिएका छन् । जसमध्ये ३६ जनामा मोतिबिन्दूको पहिचान गरिएको थियो । 

संस्थाले आँखा स्वास्थ्य शिविरलाई अभियानको रुपमा जिल्लाभर सञ्चालन गरिरहेको छ । संस्थाले सदस्य तथा गैर सदस्यलाई पूर्ण तथा आंशिक सहुलियतमा मोतिबिन्दू अपरेसन गर्ने लक्ष्य लिएको छ । 

स्वास्थ्य शिविरमा काँकरभिट्टा आई केयर सेन्टरका डा. नरेन्द्रकुमार यादव, एनएमसी सञ्चालक समिति सदस्य माधवचन्द्र प्याकुरेललगायतले शिविरको आवश्यकता र औचित्यबारे आफ्ना धारणा राखेका थिए । 

एनएमसी चारआली कार्यालयगत समिति सदस्य प्रकाश बाँस्तोलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन एनएमसी चारआली कार्यालयका प्रमुख तेजुमारी घिमिरेले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस