विराटज्योतिमा सोमबार ड्रोन उड्यो, पानी जहाज कुद्यो


सरोज पौडेल, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ८ 11:27:27

32391-20180220112727.jpg

बिर्तामोड । आजको यूग विज्ञान र प्रविधिको यूग । विज्ञानले धेरै चमत्कार गरिसकेको छ । 

त्यही विज्ञानको प्रायोग गरेर झापाको बिर्तामोड नगरपालिका ३ मा रहेको विराटज्योति आवासीय विद्यालयका विद्यार्थीले पानी जहाज, ड्रोनलगायतका सामग्री निर्माण गरी सोबार प्रदर्शन गरेका छन् ।

विद्यालयको २१औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा विद्यार्थीले विज्ञान प्रदर्शनी गरेका छन् भने खानाका विभिन्न परिकार बनाएर अतिथिलाई खुवाएका छन् ।

विज्ञानका विभिन्न नियमका आधारमा रहेर विद्यार्थीले पानी जहाज, ड्रोन, स्काभेटर, हाइड्रोलिक पूल, हावाको गति नाप्ने यन्त्र, तापक्रम नाप्ने यन्त्र, सडक बत्तीलगायतको प्रदर्शन र प्रयोग गरेर
 देखाए । 

विद्यालय प्राङ्गणमा सानो पोखरी बनाएर विद्याथीृले बनाएको पानी जहाज कुदाएर पनि देखाए । कक्षा ४ मा अध्यनरत विद्यार्थी रितेश झाले यो प्रविधि निर्माणको नेतृत्व गरेका हुन् । 

त्यस्तै बिद्यालयको आकाशमा विद्यार्थीहरुले ड्रोन उडाएर देखाए । दर्जनौं अतिथि, अभिभावक र सयौं शिक्ष विद्यार्थीका बीचमा उनीहरुले आफ्नो कला प्रस्तुत गरेका हुन् । 

ड्रोन निर्माणमा नेतृत्व गरेका विद्यार्थी दिपेश झाले यो प्रविधिबाट ठूला–ठूला जहाज निर्माण गर्न सकिने बताए ।

प्रदर्शनीमा विद्यार्थीहरुले पानीबाट हाइड्रोजन र अक्सिजन छुट्याउने प्रविधि, स्याउबाट बत्ती बाल्ने प्रविधि, माटोको संरचना लगायत देखाए । 

सोही कार्यक्रमका बीच, खानाका बिभिन्न परिकारको बारेमा समेत प्रदर्शनी गरेर देखाए । 

त्यहाँ अध्ययनरत विद्यार्थीहरुले प्रयोगात्मक कक्षा संचालन गरेर
 आफूहरुलाई केही नयाँ ज्ञान लिन पाएकोमा विद्यालय सञ्चालकलाई धन्यबाद समेत दिएका छन् । 

कार्यक्रममा विद्यालयका  प्रिन्सिपल तारा प्रसाइले विद्यालयको प्रयासमा विद्यार्थीले दिएको साथको सराहना गरे । उनले विद्यार्थीहरुलाई यस्ता ज्ञान दिन सफल हुनुमा सम्पूर्ण शिक्षकको सहयोग पनि उतिनै रहेको बताए ।

विद्यालयका विज्ञान शिक्षक निलाम्बर झाले यो प्रविधि निर्माणमा विद्यार्थी नै अग्रसर भएर सफल भएको बताए । उनले यसलाई निरन्तरता दिन आवश्यक रहेको पनि औंल्याए ।

अर्का शिक्षक सौरभ अधिकारीले धेरै मेहनतका साथ यो कार्य पूरा भएको बताउँदै विज्ञान प्रयोगशालाका सामाग्री खरिदमाज्ञ धेरै कष्ट रहेको सुनाए ।

प्रतिकृया दिनुहोस