शिवसताक्षीका स्वास्थ्य स्वयम् सेविकाहरु पाँच दिने ‘मेची–माहाकाली भ्रमण’मा 


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , ५ 07:11:27

32308-20180217071127.jpg

शिवसताक्षी । पाँच दिने मेची–महाकाली अवोलकन भ्रमणका लागि तयारीमा रहेका शिवसताक्षी नगरपालिकामा सेवारत वडास्वास्थ्य स्वयम् सेविकाहरुको टोलीलाई नगरप्रमुख चन्द्रकुमार शेर्माले शुक्रबार बिदाई गरेका छन् । 

नगरपालिकाको आर्थिक संयोजनमा साविक धरमपुर, पाँचगाछी, शिवगञ्ज र सतासीधामका ४१ जना वडास्वास्थ्य स्वयम् सेविकाहरुका अवोलकन भ्रमण सफल रहोस् भन्ने नगरप्रमुखले शुभकामना पनि दिए ।  

अवोलकन भ्रमणमा नगर उपप्रमुख भोजकुमारी नेपालको नेतृत्वमा ४१ जना स्वास्थ्य स्वयम्सेविकहरु छन् । भ्रमण टोली पश्चिम महाकालीसम्म पुग्ने कार्यक्रम रहेको छ । 

भ्रमण टोलीले बुटवल, लुम्बिनी, पोखरालगायत पश्चिम नेपालको महाकालीसम्म पुगेर फागुन ९ गते फर्किने कार्यक्रम रहेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस