माया पकुवाललाई उपचार सहयोग हस्तान्तरण


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २ 20:49:27

32238-20180214204927.jpg

झापा । दुवै मिर्गौला फेल भएर उपचारत पत्रकार माया पकुवालको सहयोगका लागि बुधबार दुई लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको छ ।
 
नेपाल पत्रकार महासंघ झापा र पत्रकार महासंघ युएई शाखाले भद्रपुरस्थित पकुवालकै निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।
 
उक्त रकममध्ये एक लाख ४१ हजार ३० रुपैयाँ युएईमा रहेका झापाली पत्रकार र झापाली समाजले त्यहाँस्थित महासंघ शाखा मार्फत् जुटाएको र एक लाख नौ हजार ९७० रुपैयाँ महासंघको झापा शाखा मार्फत जुटेको उपाध्यक्ष एकराज गिरीले जानकारी दिए ।
 
सहयोग रकम ग्रहण गरेपछि पत्रकार पकवालले सबैको सद्भाव र सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आफूलाई ठिक भएपछि पत्रकारितासँगै मिर्गौला पीडितको सेवामा बाँकी जीवन बिताउने बताइन् । 

पकवालको उपचार सहयोगार्थ पत्रकारजन्य संघ–संस्थाहरु नागरिक एफएममार्फत एक लाख २१ हजार २३१ रुपैयाँ, नारी सञ्चारगृहमार्फत ७३ हजार रुपैयाँ र प्रेस चौतारी झापा मार्फत ५६ हजार ५०० रुपैयाँ हस्तान्तरण गरिएको छ ।

प्रतिकृया दिनुहोस