जीवनको गीत जति जति टाढा गयो यूट्यूवमा


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , २ 20:38:02

झापा । गायक जीवन गुरुङको एल्बम समर्पणमा समावेस जति जति टाढा गयो बोल गीतको म्यूजिक भिडियो प्रणय दिवसको अवसरमा आज सार्वजनिक भएको छ। 

उक्त गीतको शब्द, संगीत तथा स्वर जीवन गुरुङ स्वयंको रहेको छ भने म्यूजिक भिडियोको निर्देशन जगन राईले गरेका छन्।

डिजे कृश र नविनाले अभिनय गरेको गीतलाई हाइलाइट्स म्यूजिकले बजारमा ल्याएको हो। 

आफूले अत्यन्त माया गरेको मान्छेबाट कुनै कारणवश टाढिनुपर्दा माया झन् बढ्ने यथार्थलाई गीतमार्फत देखाउने प्रयास गरिएको छ। 

मेलोडियस गीतलाई फणिन्द्र राईको सङ्गीत संयोजनले कुशलतापूर्वक सिंगारिएको छ। 

प्रेम र जीवनको अन्तर सम्बन्धलाई गीतमार्फत् प्रस्फुटन गरिएको छ।

प्रतिकृया दिनुहोस