गरिब भएकाले नोबल पुरस्कार पाइनँ : प्रचण्ड


अनलाइन, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 16:46:50

32210-20180213164650.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू ढिलोछिटो प्रधानमन्त्री हुने बताएका छन् ।

गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘अहिले टुंगिएको त छैन । तर, ढिलो छिटो प्रधानमन्त्री भएर आउँछु ।’

उनी अघि बोल्ने क्रममा कांग्रेस प्रतिनिधिले प्रचण्डलाई प्रधानमन्त्री भएर आउन शुभकामना दिएका थिए । आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादीको सहमतितर्फ संकेत गर्दै उनले ढिलो छिटो आफू सरकार प्रमुख हुने बताए ।

गरिब भएकाले नोबल पुरस्कार पाइनँ

सम्बोधनका क्रममा प्रचण्डले गरिब देश भएका कारण मात्र आफूले नोेबल पुरस्कार नपाएको बताए । शान्ति सम्झौता गर्ने गिरिजाप्रसाद कोइराला र आफू गरिब देशको भएकाले पश्चिमाहरुले त्यति महत्व नदिएको उनको तर्क थियो ।

यद्यपि अहिले पश्चिमाहरुले नेपालको शान्ति प्रक्रियाबारे अध्ययन थालेको थाहा पाएको उनले बताए ।

प्रतिकृया दिनुहोस