सानो केरखामा शिवपाञ्चायन मन्दिर समुद्घाटन


साझामञ्च, प्रकाशित मिति : २०७४ ,फाल्गुन , १ 16:02:26

केरखा । झापाको कमल गाउँपालिका ३ सानो केरखास्थित किराँतेश्वर शिव पाञ्चायन मन्दिरमा प्रतिस्थापित शिवको मूर्ति अनावरण तथा समुद्घाटन गरिएको छ ।

महाशिवरात्रीको अवसरमा विभिन्न भजन मण्डलीले अहिले शिव भजन प्रस्तुत गरिहेका छन् भने राति भजनकीर्तनसहित जाग्राम बस्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिरका अध्यक्ष  कुमार खतिवडाको अध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यक्रममा कमल गाउँपालिका ३ का वडासदस्य तथा प्राचीन बाल्मिकी आश्रम तथा सीमसारक्षेत्रका अध्यक्ष चक्रबहादुर गुरुङ्गले यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय स्थल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मन्दिर निर्माणका चन्दादाता इश्वर कर्कीको त्यसैगरी  प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार उमानाथ भण्डारी, सानो केरखा युवा क्लबका अध्यक्ष मात्रिका सुवेदी, वडासदस्य लालप्रसाद बोखिमलगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रम मन्दिरका सचिव रविन सुब्बाले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस